श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायक आरसी र गायिका अन्जु पन्तको ‘भीर माहुरी’ सार्वजनिक (भिडियो सहित)

मोहन थापाको शब्द र गायक आरसीकै सङ्गीत रहेको ‘भीर माहुरी’मा रोशन केसी र प्रियङ्का कार्कीको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ‘भीर माहुरी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा मोहन थापाको शब्द र गायक आरसीकै सङ्गीत रहेको छ ।

डान्सिङ बिट रहेको भिडियोमा रोशन केसी र प्रियङ्का कार्कीले अभिनय गर्नुभएको छ । भिजन सिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ ।

विकास दाहालको सम्पादन र रङ्ग संयोजन रहेको गीतको भिडियो नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया