श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘दुई नजर’मा पुष्प र केबिकाको रोमान्स (भिडियो सहित)

प्रेम, रोमान्सले भरिएको दुई नजरमा केबीका र पुष्प गज्जबसँग खुल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको स्वर रहेको दुई नजर बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

विष्णुहरि तिवारीको शब्द, विक्रम थापाको संगीत तथा दिनेश श्रेष्ठको एरेन्ज रहेको सार्वजनिक गीतमा नायक तथा मोडल पुष्प खड्का, केबिका खत्री र सुन्दर दासको अभिनय देख्न सकिन्छ ।

प्रेम, रोमान्सले भरिएको दुई नजरमा केबीका र पुष्प गज्जबसँग खुल्दै निकै रोमान्टिक बनेका छन् । विष्णुहरि तिमल्सिनाको सम्पादन, उत्सव दाहालको छायांकन तथा मोडल केबिकाकै कोरियोग्राफी रहेको भिडियो गायक सुरेनकै अफिसियल च्यानलबाट बजारमा आएको हो । जसको निर्माता सृजना श्रेष्ठ हुन् ।

(भिडियोमा हेर्नुहोस्)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया