बैसाख २६, २०८३ शनिबार May 9, 2026

अमेरिकन आइडलको टप १० मा दिवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा दिवेश पोख्रेल पुगेका छन्। अमेरिकन आइडलको लाइभ शोमा छानौट भएर उनी उत्कृष्ट १० मा छानिएका हुन्। उनको सांगीतिक नाम आर्थर गन हो।

आइतबार साँझ उनले घरमा नै गीतार बजाएर ‘जोन डेन्भर’ को ‘टेक मि होम, कन्ट्री रोड्स’ बोलको गीत गाएका थिए। यो गीत पछि भोटिङ र प्रस्तुतिको आधारमा दिवेशलाई अर्को राउण्डमा लगिएको हो ।

अमेरिकन आइडलमा यति अगाडिसम्म पुग्ने उनी पहिलो नेपाली हुन्। प्रस्तुतिपछि उनको तारिफ भएको थियो। कार्यक्रम की निर्णायक गायिका केटी पेरीले दिवेशलाई भनिन्, ‘तिमीले मलाई हेर्यौ अर्थात् क्यामरालाई हेर्यौ।’

टप १० मा पुगेपछि उनले फेसबुकमार्फत आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया