कार्तिक १४, २०८३ शनिबार October 31, 2026

‘मुन्द्रेको कमेडी क्लब’ आजबाट शुरु, अभिनेता प्रदीप खड्का पहिलो अतिथि

हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारणमा आउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारणमा आउने भएको छ ।

कलाकार जीतु नेपालले शो आजदेखि प्रसारण हुने जानकारी गराएका हुन् । नेपालले शोको पहिलो अतिथिको रुपमा अभिनेता प्रदीप खड्कालाई लिएका छन् । सामाजिक संजालमा शो सुटिङको एक तस्बिर पोष्ट गर्दै उनले सल्लाह र सुझावको अपेक्षा गरेको बताएका छन् ।

कान्तिपुर टेलिभिजनबाट साँझ प्रसारणमा आउन लागेको शो जीतुले ‘कि एडभटाइजिङ’सँगै मिलेर निर्माण गरेका हुन् । शोको यो नयाँ सिजनको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् । यसअघि शोको अध्यक्षमा दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए ।

अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहेको शोको निर्देशक दिनेश डिसी रहेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया