श्रावण १८, २०८३ सोमबार August 3, 2026

चर्चा बटुल्दै ‘माया हो माया’ (भिडिओ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लोकसंगीतका पारखीहरूका लागि युट्युबमा अहिले नयाँ दोहोरी गीत सार्वजनिक भएको छ। बिहीबार रिलिज भएको गीतले चर्चा बटुल्दै गएको छ।

दोहोरो अर्थ लाग्ने गीतसंगीतको बोलवाला भइरहेका बेला प्रदीप त्रिपाठी र शान्तिश्री परियारको स्वरमा रहेको ‘हाँसेर बोले नि माया हो माया, रिसाएर बोले नि माया हो माया’ बोलको गीत कर्णप्रिय लाग्छ। शान्तिश्री आफ्ना पहिलेका गीतमा झैं अब्बल देखिन्छिन्।
प्रकाश पराजुलीको शब्द रहेको गीतमा प्रदीप र शान्तिश्रीको स्वर मिठासपूर्ण लाग्छ। आशिरप्रताप जंगको निर्देशन रहको म्युजिक भिडियोमा समीर न्यौपाने र अनु पराजुलीको अभिनय रहेको छ।

चकलेटी अनुहार भएका समीर र सुन्दर मुहार भएकी अनु कुनै चलचित्रको गीतमा अभिनय गरिरहेको लाग्छ। त्यसमाथि पश्चिमेली भाकाको गीतमा रोदी घरमा झैँ दोहोरी गाइएको सुन्दर लाग्छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया