श्रावण ३०, २०८३ शनिबार August 15, 2026

स्थानीय तहलाई दिइयो पुनःनिर्माणको जिम्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ. । स्थानीय तहको काम प्रभावकारी नभएकाृ गुनासो आइरहेको बेला राष्ट्रिय पुनः निर्माणप्राधिकरणले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा पनि स्थानीयतहलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको प्राधिकरण निर्देशक समितिको बुधबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्णय गरेको हो ।

बैठकले कामको प्रमाणीकरण र निरीक्षण भने प्राधिकरणकै जिल्ला तहका कायार्लयबाट गरिने निर्णय गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको बहाली भइसकेको सन्दर्भमा पुनःनिर्माणको कामलाई स्थानीय तहबाटै अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकाअधिकृत (सिइओ) सुशील ज्ञवालीले बैठकपछि पत्रकारहरुलाइ  जानकारी दिनुभयो ।

प्राधिकरणले चालुआवभित्रै सबै लाभग्राहीलाई तेस्रो किस्तासम्मको सबै रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

कार्यकारी निर्देशक ज्ञवालीका अनुसार विशेष गरी शहरी क्षेत्र, परम्परागत बस्ती, एकीकृत बस्ती वाबस्ती स्थानान्तरणबाहेकका सबै लाभग्राहीलाई सो रकम उपलब्ध गराइनेछ ।त्यसैगरी, बैठकले  पुनःनिर्माणसम्बन्धी सबै कार्यलाई प्राधिकरण मातहत ल्याउने निर्णय पनि गरेको छ ।

पुरातत्वबाहेक पुनःनिर्माणका सबै प्राधिकरणअन्तर्गत ल्याएर सोहीअनुसार काम अघि बढाउने यसअघि भएको निर्देशक समितिको बैठकको निर्णयलाई पनि कार्यान्वयन गर्ने निर्णय गरेको ज्ञवालीलेजानकारी दिनुभयो ।

उहाँले पुनःनिर्माणको कामलाई द्रुत गतिमा अघि बढाउनका लागि समग्रपुनःनिर्माणको कामको मध्यावधि मूल्याङ्कन गरिने र यसका आधारमा आगामी कार्यक्रम अगाडिबढाउने उल्लेख गर्नुभयो ।

भूकम्पपीडितलाई तीन लाखको सहुलियत ऋणको प्रक्रिया पनि अर्थ
मन्त्रालयले अघि बढाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित भएपछि लागू गरिने उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार