वैशाख १२, २०८१ बुधबार April 24, 2024

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न समाजको १५औँ महाधिवेशनबाट उनी नयाँ अध्यक्ष चयन भएका हुन् । त्यस्तै, समाजको उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का चयन भएका छन् भने महासचिवमा अरुण प्रधान चयन भएका छन् ।

सचिवमा देवेन्द्र पाण्डे चयन भएका छन् । त्यस्तै, कोषाध्यक्ष समुद्र भट्ट निर्वाचित भएकी छन् । सह–कोषाध्यक्ष राज बस्न्यात निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जनलगायत निर्वाचित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया