वैशाख १३, २०८१ बिहिबार April 25, 2024

ब्राजिलको रात्री क्लबमा गोली चल्दा तीन जनाको मृत्यु, दुई जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस सहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् ।

शनिबार राति मादक पदार्थ सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएर भीडमाथि गोली चलाएका ब्राजिलको प्रहरीले जनाएको छ । आक्रमणबाट दुई जनाको तत्काल मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

तश्वीरः युगखबर

फाइल तश्वीर

स्थानीय प्रहरी आयुक्त गिल्बर्टो एक्विनोले ३६ वर्षीय आक्रमणकारीलाई त्यस क्षेत्रमा सेवामामा रहेका दुई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा गोली लागी मृत्यु पुष्टि गर्नुभएको छ ।

एक्विनोका अनुसार क्लबबाट निष्कासित भएपछि हेल्मेट लगाएका आक्रमणकारीले कारमा पार्टीमा फर्किएका र गोली चलाएका थिए । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया