वैशाख ६, २०८१ बिहिबार April 18, 2024

अमेरिकाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो

विद्यालयमा जथाभाबी गोली चलाउने व्यक्ति २८ वर्षकी स्थानीय महिला रहेको पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको बीबीसीले जनाएको छ ।

११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए । ज्यान गुमाउनेहरुमा तीन जना नौ वर्षका बालबालिका र तीन जना ६० वर्ष तथा त्योभन्दा माथिका नागरिक रहेका छन् । विद्यालयमा जथाभाबी गोली चलाउने व्यक्ति २८ वर्षकी स्थानीय महिला रहेको र उनलाई पनि प्रहरीले गोली हानेको छ ।

गोली लागेकी महिलाको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चलाउने महिला त्यही विद्यालयकी पूर्व विद्यार्थी रहेकी समेत प्रहरीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले जथाभाबी गोली चलाउने घटना रोक्नका लागि कारबाही थाल्न संसद्लाई निर्देशन दिनुभएको छ ।

अमेरिकामा पछिल्लो समय विद्यालयमा जथाभाबी गोली चलाउने घटना बढिरहेका छन् ।

Female shooter kills six at Nashville elementary school, U.S. police say |  The Japan Times

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार