वैशाख १३, २०८१ बिहिबार April 25, 2024

भारतीय प्रधानमन्त्री मोदी आगामी जुनमा अमेरिका भ्रमणमा जाने

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा मोदी ५ दिनका लागि अमेरिका जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको रोडम्याप तयार भएको छ ।

उनी जुनको तेस्रो हप्ता करिब ५ दिनका लागि अमेरिका जानेछन्। त्यसपछि अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई उनले सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीका रूपमा मोदीको यो पहिलो औपचारिक अमेरिका भ्रमण हो । यसअघि मनमोहन सिंहको राजकीय यात्रा २४ नोभेम्बर २००९ मा भएको थियो। त्यसबेला बाराक ओबामा राष्ट्रपति थिए।

भारतीय विदेश मन्त्रालयका स्रोतहरूहरूका अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा मोदी जान लागेका हुन्। पछिल्लो २ महिनादेखि दुवै पक्ष भ्रमणको मिति टुंगो लगाउने कसरतमा थिए। भारत जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवसलाई यात्रामा सामेल गर्ने पक्षमा छ।

अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जुन महिना छनोट गरिएको भारतीय विदेश मन्त्रालयलयलाई उद्धृत गर्दै भास्करले लेखेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया