मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चिनियाँ र रुसी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

चीनका प्रधानमन्त्री ली छ्याङले मङ्गलबार रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग टेलिफोन वार्ता गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चीनका प्रधानमन्त्री ली छ्याङले मङ्गलबार रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग टेलिफोन वार्ता गरेका छन् ।

सो अवसरमा लीले दुई देशका राष्ट्राध्यक्षको रणनीतिक निर्देशनमा नयाँ युगको लागि चीन र रुसबीचको बृहत् रणनीतिक साझेदारीको समन्वय उच्च स्तरमा विकास भएको बताएका छन् । चीन-रूस सम्बन्ध असंलग्नता, गैर टकराव र कुनै पनि तेस्रो पक्षलाई लक्षित नगर्ने, पारस्परिक सम्मान, आपसी विश्वास र पारस्परिक लाभका सिद्धान्तहरू पालना गर्दै दुई देशको आफ्नै विकास र पुनरुत्थान मात्र नभई अन्तरराष्ट्रिय निष्पक्षता र समर्थनलाई पनि समर्थन गर्ने उनले बताए ।

यसैगरी प्रधानमन्त्री लीले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालैको रुस भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त रूपमा द्विपक्षीय सम्बन्धको विकासको नयाँ खाका तयार गरेको कुरामा जोड दिए ।

चीन रुससँग मिलेर काम गर्न इच्छुक रहेको बताउँदै उनले दुई देशका सरकारी विभागहरूले दुई राष्ट्र प्रमुखले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै नयाँ विकास हासिल गर्न चीन र रुसबीचको व्यवहारिक सहयोगलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

आफ्नो तर्फबाट मिशुस्टिनले रुस–चीन सम्बन्ध अन्तरराष्ट्रिय कानून र बहुलवादको सिद्धान्तमा आधारित रहेको र विश्व शान्ति र स्थायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण कारक रहेको भन्दै वर्तमानमा द्विपक्षीय सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताए । राष्ट्रपति सीको रुसको राजकीय भ्रमण पूर्णतया सफल रहेको र रुस-चीन सम्बन्धमा नयाँ अध्यायको सुरुवात भएको उनको टिप्पणी छ ।

रुसले चीनसँगको समन्वयको व्यापक रणनीतिक साझेदारीको कदर गर्ने र चीनसँग असल छिमेकी मित्रतालाई सुदृढ गर्नका निम्ति विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन र दुई देशको साझा विकासमा जोड दिन इच्छुक रहेको उनले बताए ।  सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार