काठमाण्डौंः प्रदर्शनको संघारमा रहेको प्रतिक्षित फिल्म ‘बिहे पास’को शीर्ष गीत ‘मायाको बिहे पास’ शुक्रबार सार्वजनिक गरिएको छ । प्रताप दासको स्वर, बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।
फिल्मको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलगायतका अधिकांश कलाकारलाई देख्न सकिन्छ । गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गरेका हुन ।
सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन भने प्रस्तुतकर्तामा रोहित कटेल र कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।
पूर्वी नेपालका बिभिन्न स्थलमा खिचिएको फिल्मको यसअघि सार्वजनीक रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ले दर्शकको मन जितिसकेको छ । आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको बितरण पनि आरआर फिल्मले नै गरेको छ ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया