श्रावण १२, २०८३ मंगलबार July 28, 2026

बङ्गलादेशमा दुई आदिवासी समूहबीच भएको झडपमा आठ जनाको मृत्यु

सुरक्षा फौजले विद्रोही समूह कुकी–चिन नेसनल फ्रन्ट (केएनएफ) विरुद्ध कारबाही सुरु गरेपछि झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बङ्गलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

गत अक्टोबरदेखि पर्यटकका लागि बन्द रहेको रोनवागन्छरी सहरमा सुरक्षा फौजले विद्रोही समूह कुकी–चिन नेसनल फ्रन्ट (केएनएफ) विरुद्ध कारबाही सुरु गरेपछि झडप भएको थियो ।

यस अभियानले सयौं आदिवासीहरूलाई विस्थापित गरेको छ । यसका कारण कैयौँ व्यक्ति धेरै दिनसम्म पैदल हिंडेर सीमा पार गरेको र उत्तरपूर्वी भारतको एक दुर्गम कुनामा शरण लिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Bangladesh: Tribal people killed and villages burnt in army and settler  attack

स्थानीय प्रहरी प्रमुख तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच बिहीबार राति झडप भएको थियो र अधिकारीहरूले शुक्रबार बिहान आठ जना आदिवासीको शव फेला पारेका थिए ।

“उनीहरू सशस्त्र झडपमा मारिएको इस्लामले एएफपीसँग बताउनुभयो ।

उहाँका अनुसार आक्रमण भएको खामताङपाडा गाउँमा करिब ६० जना आफ्नो घर छोडेर भागेका छन् । नाम नबताउने शर्तमा अर्का प्रहरी अधिकारीले एएफपीलाई बताएअनुसार मृत्यु हुनेमा बावम नामको सानो क्रिश्चियन आदिवासी समुदाय रहेको छ ।

उनीहरू केएनएफका संदिग्ध सदस्यहरू थिए जसलाई युनाइटेड पिपुल्स डेमोक्रेटिक फ्रन्टको विभाजित गुटले गोली हानेर मारेको थियो ।

गत महिना बङ्गलादेशी सेनाले केएनएफले आफ्ना एक सैनिकको हत्या गरेको र अर्का एक जनालाई घाइते बनाएको आरोप लगाएको थियो । ¥यापिड एक्सन बटालियन (आरएबी) प्रहरी एकाइले केएनएफले इस्लामी अतिवादीहरूलाई आश्रय र प्रशिक्षण दिएको आरोप पनि लगाएको छ ।

बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्र रहेको चटगाउँ पहाड दुई दशक लामो विद्रोहको स्थल थियो जसले हजारौं सर्वसाधारणको ज्यान लिएको थियो ।

सन् १९९७ मा भएको शान्ति सम्झौतासँगै औपचारिक रूपमा द्वन्द्व अन्त्य भए पनि त्यस क्षेत्रमा कम्तीमा छ वटा सशस्त्र समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया