श्रावण १८, २०८३ सोमबार August 3, 2026

अल्लु अर्जुनले’पुष्पा २’ का लागि १२५ करोड भारु लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिल्म ‘पुष्पा’बाट दक्षिण भारतीय फिल्म उद्योगमा जमेका अभिनेता अल्लु अर्जुन ‘पुष्पा’को सिक्वेलमार्फत फेरि आउँदै छन्।

उनको आज अर्थात् अप्रिल ८ मा ४१औँ जन्मदिन हो । फिल्मी परिवारमा जन्मेका उनी सुपरस्टार रामचरणका भाइ हुन्। बाल्यकालदेखि नै फिल्मी माहोलमा रहेका अल्लु ३ वर्षको उमेरमा बाल कलाकारका रूपमा फिल्ममा आएका थिए।

उनी आफ्नो भव्य जीवनका कारण पनि चर्चामा रहन्छन् । ३६० करोडको सम्पत्तिका मालिक अल्लुसँग ७ करोडको भ्यानिटी भ्यान छ । उनी आफ्नो परिवारसँग १०० करोडको आलिशान घरमा बस्छन्।

सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पको सिक्वेल ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यसका लागि अल्लुले १२५ करोड भारु शुल्क लिएका भारतीय फिल्म पत्रिकाहरूले जनाएका छन् ।

यो पारिश्रमिकपछि अल्लु पूरै भारतीय फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । उनले यसै फिल्मको पहिलो पार्टका लागि ४० करोड भारु लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया