जेठ १८, २०८० बिहिबार June 1, 2023

४० कटेका नेता बन्न पाउने भएपछि नेविसंघ महाधिवेशन निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको नर्सरीको रुपमा रहेको भातृ संस्था नेपाल विद्यार्थी संघमा फेरि उमेरहद नलाग्ने भएको छ । उमरहद नलाग्ने भएसँगै अब ४० कटेका युवा नेताहरु पनि नेपाल विद्यार्थी संघको नेता बन्न बाटो खुला भएको छ ।

युवा नेताहरु नेपाल विद्यार्थी संघको नेता बन्न पाउने भएपछि महाधिवेशन पनि निश्चित भएको नेताहरुले बताएका छन् । नेताहरुका अनुसार आगामी कात्तिक १६–१८ सम्म काठमाडौंमा महाधिवेशन गर्नै विषयमा सहमति जुटेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली रअधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएका हुन् ।

बैठकमा निर्देशन समितिका सदस्य नवीन्द्र राज जोशी र प्रदीप पौडेलको समेत उपस्थिति रहेको थियो । केन्द्रीय सदस्य तथा निर्देशन समितिका सदस्य पौडेलले निर्देशन समितिले दिएको निर्देशन अनुसार शनिबार नेविसंघ नेतृत्वले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको बताए ।

कार्यतालिका अनुसार अध्यक्षले महाधिवेशनको उद्घाटन कात्तिक १६ गते शुक्रबार गर्ने प्रस्ताव गरेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । यस्तै १७ गते बन्दसत्र र १८ गतेमतदान गर्दैै नेतृत्वको चयन गरिने प्रस्ताव गरिएको भट्टले जानकारी दिए ।

यसअघि उपत्यका बाहिरका क्याम्पस अधिवेशन असोज ७ गते, गाउँपालिका तथा नगरपालिकाको अधिवेशन असोज १२ गते, प्रदेश क्षेत्रको असोज १५ गते, जिल्ला र विदेशस्थित सम्पर्क समितिको असोज २१ गते, उपत्यका क्याम्पसको असोज २३ गते र प्रदेशको कात्तिक १० गते अधिवेशन सक्ने तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
२०८० जेठ १८, बिहिबार
सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु
२०८० जेठ १८, बिहिबार
रोकिएन वैदेशिक रोजगारीको ठगी
२०८० जेठ १८, बिहिबार
पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज जेठ १८ गतेको दैनिक राशिफल
२०८० जेठ १८, बिहिबार
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार