काठमाण्डौंः गायक मुकेश शाही र गायिका अञ्जली सुनामको स्वरमा रहेको ‘तिम्रो मनमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ ।
उकाली ओराली, म तिमीलाई, अमुल्य, आकास माथी माथी, विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ ।
एन सि आरको शब्द तथा मुकेश शाहीको संगीत गीतमा रहेको छ । जसमा मिक्सिङ तथा मास्टरिङ पि दादा म्युजिक क्रियसनमा गरिएको छ ।
विक्रम तामाङको छायाँकन, लोकेन्द्र सुब्बाको सम्पादन तथा मुकेश शाहीको निर्देशन भिडियोमा रहेको छ ।
‘तिम्रो मनमा’ गीतमा अवी शाही र माया पुन मगरले फिचरिङ गर्नुभएको छ ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया