काठमाडौंः नयाँ वर्षको साइत पारेर शुक्रबार तीन नयाँ चलचित्र प्रदर्शनमा आएको छ । ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ वैशाख १ गतेदेखि प्रदर्शनमा आएका छन्।
‘जारी’ उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र हो । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङलगायतको अभिनय छ ।
चलचित्र ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गर्नुभएको हो। टोपेन्द्र विष्टको निर्माण रहेको चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको शीर्ष भूमिका छ। त्यस्तै चलचित्र ‘बिहे पास’ प्रवेश पौडेल निर्देशित चलचित्र हो। चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनय रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया