असोज १०, २०८३ शनिबार September 26, 2026

पूर्व राष्ट्रिय फुटबलर रन्जित श्रेष्ठलाई कोरोना भाइरस संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रन्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी हाल आइसोलेशनमा रहेको रन्जित आफैले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।

रन्जित हाल दुबईमा रहेका छन्। रन्जितले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको फेसबुकमा राखिएको भिडियोमार्फत जानकारी दिएका छन्।

रन्जित तीन वर्षयता दुबईमा छन्। त्यसअघि उनी दक्षिण कोरियामा पनि केही वर्ष काम गरेका थिए। कुनै समय निकै प्रतिभावान मिडफिल्डरको पहिचान बनाएका रन्जित अचानक वैदेशिक रोजगारीका लागि विदेशतर्फ लागेका थिए।

उनले घरेलु फुटबलमा थ्रीस्टार,संकटा, फ्रेण्ड्स र एनआरटीबाट खेलेका छन्। झापा चन्द्रगढीका रन्जितका भाई रुपकले पनि ए डिभिजन लिग फुटबल खेलेका छन्।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया