मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन रूसको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रसियाले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ।

वासिङ्टनको सहयोगी सियोलले युक्रेनलाई गैरघातक र मानवीय सहायता प्रदान गरेको छ, तर अहिलेसम्म सैन्य हतियार दिन अस्वीकार गरेको छ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार रोयटर्ससँग भने, ‘यदि अन्तर्राष्ट्रिय समुदायले नागरिकमाथि कुनै पनि ठूलो स्तरको आक्रमणलाई स्वीकार्न नसक्ने अवस्था आयो भने मानवीय वा आर्थिक सहायतामा मात्र जोड दिन हामीलाई गाह्रो हुन सक्छ।’

क्रेमलिनले हतियार आपूर्ति सुरु गर्नुको अर्थ युक्रेन द्वन्द्वमा अप्रत्यक्ष संलग्नता हुने बताएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘दुर्भाग्यवश सियोलले अमैत्रीपूर्ण कदम चालेको छ।’

उनले भने, ‘हतियार आपूर्ति सुरु हुनुको अर्थ अप्रत्यक्ष रूपमा यस द्वन्द्वमा संलग्नताको एक निश्चित चरण हुनेछ।’

सन् २००८ देखि २०१२ सम्म रूसका राष्ट्रपति रहेका रूसका पूर्वनेता दिमित्री मेदभेदेवले पनि यस्तो चेतावनी दिएको थियो।

मेदभेदेवले मस्कोले उत्तर कोरियालाई हतियार पठाउन सक्ने बताएका थिए। उनले भने, ‘मलाई आश्चर्य लागेको छ। यो देशका बासिन्दाले आफ्ना निकटतम छिमेकीहरु अर्थात् उत्तर कोरियाका हाम्रा साझेदारहरूसँग रूसको पछिल्लो हतियार देखेपछि के भन्नेछन् ?’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार