असोज २४, २०८३ शनिबार October 10, 2026

शिक्षक आन्दोलनका कारण विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, आफ्ना मागहरुमा सरकारले वेवास्ता गरेको भन्दै राहत शिक्षक केन्द्रिय समितिले आजबाट भदौ २८ गतेसम्म सामूदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलन थालेको छ । शिक्षकहरुको आन्दोलनका कारण मुलुकभरका सामुदायिक विद्यालय बन्द भएको छ ।

राहत शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले संघीय शिक्षा ऐनमा राहत शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने मागसहित आफूहरु आजबाट आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो । यसअघि समितिले भदौ ८ गते ने पत्रकार सम्मेलन गरेर सरकारलाई माग पूरा गराउनको लागि ध्यानाकार्षण गराएका थियो ।

तर, सरकारले उनीहरुको मागप्रति कुनै गम्भिरता नदेखाएपछि शिक्षकहरु विद्यालय बन्द गराउन लागिपरेका छन् । अध्यक्ष अधिकारीले तीन दिन लगातार आन्दोलन गर्ने जनाउँदै त्यसपछि पनि सुनुवाई नभए विद्यालयका सम्पूर्ण कार्यक्रमहरु नै बहिष्कार गर्ने चेतावनी दिनुभएको छ । मुलुकभर ४० हजार राहत शिक्षक रहेका छन् ।

विगतमा भनसुनका आधारमा नियुक्त भएका शिक्षहरुले अस्थार्यलाई जसरी नै प्रक्रिया पु¥याएर स्थाई गर्न माग गर्दै आन्दोलन थालेपछि सरकर अन्यालमा परेको छ । यसअघि लगातार अस्थाई शिक्षकहरुले आन्दोलन गरेपछि उनीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरिएको छ । जसका लागि उनीहरुको परिक्षा समेत सम्पन्न भैसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार