काठमाडौंः फिल्म ‘काँडेतार’लाई प्रदर्शनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही संवाद र दृश्यले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने भन्दै प्रदर्शनमा रोक लगाएको हो ।
बोर्डले ती दृश्य काट्न भनेपनि चलचित्र निर्माण टिमले कुनै संवाद र दृश्यमा नकाटिएपछि बोर्डले प्रदर्शनमा रोक लगाएको हो ।

निर्माता, निर्देशक र नायक नबल खड्काले कुनै पनि दृश्यमा रोक नलगाई फिल्म प्रदर्शन गर्न आफूले अनुरोध गरेको बताउनुभयो । कुनै पनि दृश्य वा संवादहरू नकाटी जस्ताको त्यस्तै दर्शकसामु फिल्म पुर्याउने उहाँको भनाइ छ ।
सामना फिल्मस् प्रालिद्वारा निर्मित फिल्म खुला सीमाका कारण सीमा क्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया