श्रावण १८, २०८३ सोमबार August 3, 2026

अस्मिताको ‘लभ पर्ला जस्तो छ’मा प्रियंका र नाजिरको रोमान्स (भिडियो सहित)

छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार लभ पर्ला जस्तो छ बोलको गीतको भिडियो गरिएकाे भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र  मिक्स तथा मास्टरिङ  किशोर थापाको रहेको छ ।

छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेमील जोडीको प्रेम कथालाई कलात्मक शैलीमा निर्देशक दिनेश माङ्मु लिम्बूले भिडियो तयार पारेका हुन् ।

राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया