कार्तिक २९, २०८३ आइतबार November 15, 2026

दूरसञ्चार सेवालाई सहज, सुलभ, गुणस्तरीय बनाउन जरुरी : मुख्यमन्त्री शाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दूरसञ्चार सेवालाई सहज, सुलभ, गुणस्तरीय बनाउन जरुरी रहेको बताउनुभएको छ ।

धनगढीमा आज  सुदूरपश्चिम प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तर विषयमा सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले शहरी क्षेत्रसँगै दुर्गम भेगमा समेत प्रभावकारी रुपमा दूरसञ्चार सेवा विस्तार गर्नु पर्नेमा जोड दिनुभयो ।

“दूरसञ्चार क्षेत्रमा विकास भएता पनि यस प्रदेशका दुर्गम क्षेत्रमा अहिले पनि इन्टरनेटको सेवा सुविधा पुग्न सकेको छैन”, मुख्यमन्त्री शाहले भन्नुभयो,  “ती क्षेत्रका जनताले सहज रुपमा इन्टरनेट लगायतका सञ्चारको सुविधा पाउने गरि सेवा विस्तार गरिनुपर्छ ।” उहाँले दूरसञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार सहकार्य, समन्वय गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, प्रदेशका मुख्यसचिव नारायण प्रसाद शर्मा दुवाडी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनाल लगायतले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख, प्राधिकरणका कर्मचारी, सेवा प्रदायक संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार