कार्तिक २९, २०८३ आइतबार November 15, 2026

यस्तो छ आजको मौसम : कर्णाली र सुदूरपश्चिमका पहाडी भेगबाहेक देशभरको मौसम सफा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । आज कर्णाली र सुदूरपश्चिमका पहाडी भेगबाहेक देशभरको मौसम सफा रहने पूर्वानुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दुई प्रदेशका पहाडी भेगका केही भूभागमा हिजो रातिदेखि नै मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। हिजो राति कोशी र गण्डकी प्रदेशका पहाडमा मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो।

आज दिउँसो देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र अन्य प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघsगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा सामान्य हावाहुरीको सम्भावना देखिएको छ।

आज राति देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ। यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी इलाकाका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार