श्रावण १८, २०८३ सोमबार August 3, 2026

चलचित्र दि केरला स्टोरीः पश्चिम बंगालमा प्रतिबन्ध, उत्तर प्रदेशमा भने ‘टैक्स फ्रि’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिबादस्पद चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा भने करमुक्त गरिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई टयाक्स फ्रि गर्ने घोषणा गरेका हुन ।

उनले भनेका छन, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा टैक्स फ्री गरिनेछ ।’

पश्चिम बंगालमा भने यो फिल्मलाई प्रतिबन्ध गरिएको छ । राज्यको शान्ति र अमनचयनका लागि ठिक नभएको मुख्यमन्त्री ममता बर्नजीले जनाएकी छिन ।

याे चलचित्रलाइ  लिएर भारतीय राजनीतिमा पनि चर्चा परिचर्चा हुन सुरु गरेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया