श्रावण १८, २०८३ सोमबार August 3, 2026

निकसँग स्क्रिन सेयर गर्दै प्रियंका

अभिनेत्री प्रियंका चोपडाको ‘लभ अगेन’ मे १२ मा भारतमा रिलिज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउडदेखि हलिउडसम्म यात्रा गरेकी अभिनेत्री प्रियंका चोपडा हालका दिनमा लगातार चर्चामा छिन् । केही समय अघि उनको वेब सिरिज ‘सिटाडेल’ अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । अब उनको फिल्म ‘लभ अगेन’ मे १२ मा भारतमा रिलिज हुँदैछ ।

यो फिल्मको प्रमोसनका दौरान उनले पति निक जोनसँग स्क्रिन शेयर गर्ने जनाउ दिएकी छन् । उनले आफूहरुले त्यसको लागि तयारीसमेत गरेको खुलाएकी छन् ।

‘हाम्रो सहकार्य हिन्दीमा वा अन्य भाषामा हुन्छ भन्ने निश्चित भइसकेको छैन । तर निक र म पहिलोपटक सहकार्य गर्दैछौं । यो फिल्म पनि हुनसक्छ वा वेब सिरिज । हामी एकसाथ शो निर्माण गर्दैछौं । यो शो निर्माणताका हाम्रो स्क्रिन शेयर हुने सम्भावना प्रबल छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया