काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् । भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
उत्तर प्रदेशको राजधानी लखनउमा सो भेटवार्तामा पूर्वराजपरिवारका सदस्यहरु पनि सहभागी रहेको विज्ञप्तिमा जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया