श्रावण १८, २०८३ सोमबार August 3, 2026

चलचित्र ‘परस्त्री’ को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्रका प्रमुख कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव विष्ट फिचर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चलचित्र ‘परस्त्री’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

चलचित्र ‘परस्त्री’ आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने भएकाे हाे । निर्माण टिमले चलचित्रको चार वटा पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक गरेको हो ।

सार्वजनिक उक्त पोस्टरमा चलचित्रका प्रमुख कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव विष्ट फिचर्ड रहेका छन् । निर्माण पक्षले सार्वजनिक गरेको फस्टलुकमा नायिका शिल्पा मास्केलाई बोल्ड अवतारमा देखाइएको छ ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्र उक्त मितिमा नेपाली र हिन्दी भाषामा रिलिज हुने जनाइएकाे छ । चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण भएको हो ।

निर्देशक सुरज पाण्डद्वारा निर्देशित यस चलचित्र विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा वस्तुमा निर्माण भएको छ । चलचित्रको काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो ।

शर्मिला पाण्डेको निर्माणमा तयार भएको चलचित्रमा दीपेन्द्र के खनालको कथा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया