काठमाडौंः चलचित्र ‘भगवत् गीता’ को प्रदर्शन एक साता पछि सारिएको छ ।
चलचित्र निर्माण टिमले ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने जानकारी दिएको छ । यसअघि सो चलचित्र भदौं २१ गते सिनेमा घरहरुमा लाग्ने जनाईएको थियो ।
सो चलचित्रलाई कृष्ण जन्माष्टमी अर्थात भदौ २१ गते रिलिज गर्ने योजना रहेको भए पनि सोही दिन भारतीय सुपरस्टार शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ प्रदर्शन हुने भएपछि प्रदर्शन मिति सारिएको बुझिन आएको छ ।
निर्देशक तथा अभिनेत्री झरना थापाले निर्देशन गरेको यस चलचित्रमा सुहाना थापा, धिरज मगर, विपिन कार्कीको मुख्य भूमिका रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया