काठमाडौंः गायक प्रदीप कार्कीले शुक्रबार ‘तै माया’ बोलको गीतको भिडियो रिलिज गर्नुभएको छ। गीतमा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ।
गायक कार्की र संगीतकार शर्माको यो दोस्रो सहकार्य हो। सार्वजनिक गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ। डान्सिङ शैलीमा तयार छमछम नचाउने सार्वजनिक गीतले एक रोमान्टिक जोडीको प्रेम कहानीलाई देखाएको छ।
मोडल सुनिल क्षेत्रीको अभिनय रहेको गीतको निर्देशनसमेत उहाँले नै गर्नुभएको हो अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिनुभएको छ।
दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गर्नुभएको हो। गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटोलगायतका गीतहरु बजारमा आइसकेका छन्। भिडियो गायक कार्कीको अफिसियल च्यानल प्रदीप कार्कीबाट सार्वजनिक भएको हो।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया