श्रावण ११, २०८३ सोमबार July 27, 2026

सुडानबाट करिब दुई लाख मानिस विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  सुडानबाट अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वबाट बच्न करिब दुई लाख मानिस भागेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

“सुडानमा हिंसा चौथो हप्तासम्म जारी रहँदा सुडानी शरणार्थीसहित स्वदेश फर्केकाहरू गरी कूल दुई लाख व्यक्ति विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका प्रवक्ता ओल्गा सारडोले जेनेभामा पत्रकारहरूलाई बताउनुभयो ।

सुडानमा गत अप्रिल १५ मा सुरु भएको द्वन्द्वका कारण थप सात लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले जनाएको छ ।

सुडानमा ७५० भन्दा बढीको मृत्यु भएको र लाखौँ विस्थापित हुने गरी भएको द्वन्द्व सुरु भएको करिब एक महिनापछि बिहीबार साउदी अरबको जेद्दाह शहरमा भएको वार्तामा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

वार्तामा उनीहरू युद्धविरामका लागि सहमत भएका छैनन्, तर उनीहरूले नागरिकहरूको रक्षा गर्ने कसम खाएका छन्, र गरिब देशमा सहायतालाई लक्षित गरी लुटपाट र आक्रमणपछि अति आवश्यक मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका सुडानका दूत भोल्कर पर्थेसले यो सम्झौता ‘पारस्परिक प्रतिबद्धता’ को प्रतीक भएकाले महत्वपूर्ण रहेको बताउनुभयो ।

UN refugee agency: 200,000 have fled Sudan

“मलाई लाग्छ यो पहिलो कदम हो र एक महत्वपूर्ण पहिलो कदम हो,” उहाँले पोर्ट सुडानबाट भिडियो लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग भन्नुभयो । विशेष गरी दुवै पक्षले अमेरिका र साउदी मध्यस्थताअन्तर्गत ‘वार्ता जारी राख्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

“युद्धविरामसम्बन्धी वार्ता आज वा भोलिबाट फेरि सुरु हुने अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो ।

यद्यपि तत्काल केही पनि परिवर्तन हुने देखिएन र दुई प्रतिद्वन्द्वी जनरलको फौजले शुक्रबार खार्तुममा फेरि गोली चलाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफले सुडानको राजधानीमा कुपोषणविरुद्ध लड्न उपचारात्मक खाना उत्पादन गर्ने कारखाना जलेर नष्ट भएको र १४ हजार ५०० बालबालिकाको जीवन रक्षक उपचार नष्ट भएको चेतावनी दिएको छ ।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले जेनेभामा पत्रकारसँग भन्नुभयो, “यो द्वन्द्वले बालबालिकाको जीवनलाई विभिन्न माध्यमबाट कसरी खतरामा पार्छ भन्ने कुराको यो अहिलेसम्मको सबैभन्दा अँध्यारो र विशिष्ट दृष्टान्त हो ।”

सार्राडोका अनुसार सुडानबाट भाग्नेमा बालबालिकाको सङ्ख्या पनि बढी छ ।

हालैका दिनहरूमा करिब ३० हजार शरणार्थीहरू चाड आइपुगेको र हालैका हप्ताहरूमा सुडानबाट आएका शरणार्थीहरूको सङ्ख्या ६० हजार पुगेको उहाँले बताउनुभयो ।

“लगभग ९० प्रतिशत शरणार्थीहरू बालबालिका र महिलाहरू छन्, जसमा धेरै गर्भवती महिलाहरू पनि छन्,” उनले थप्नुभयो । उहाँका अनुसार छ महिनादेखि पाँच वर्ष उमेर समूहका २० प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ ।-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार