चैत्र १५, २०८० बिहिबार March 28, 2024

कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, पराजय स्विकार्दै बिजेपीका मुख्यमन्त्रीले दिए राजिनामा

कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ । कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन् ।

शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा बिजयी हासिल गरेको छ भने सरकार बनाउन आवाश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा बिजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ ।

यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ । जसले ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफनो पराजय स्वीकार गरेको छ ।

उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ मासिट परेको छ ।

कर्नाटकमा बिगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ । अर्थात, कर्नाटकमा मतदाताले सरकार दोहोर्याउन दिएका छैनन ।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया