वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

बलिउड नायिका परिणितीले आम आदमी पार्टीका सांसदसँग गरिन् इन्गेजमेन्ट

बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउड नायिका परिणिती चोपडाले भारतको राजनीतिक दलका सांसदसँग इन्गेजमेन्ट गरेकी छिन् ।

शनिबार भारतको राजधानी नयाँदिल्लीमा नायिका परिणितीले आम आदमी पार्टीका सांसद राघव चड्डासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट कार्यक्रममा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागी रहेका छन् ।

इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी छिन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन, राजनीतिज्ञहरू कपिल सिब्बल, पि.चितरम्बरम, प्रियंका चतुर्वेदी, आदित्य ठाकरे लगायत करीव १ सय ५० जनालाई समारोहमा निम्तो गरिएको थियो ।

इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाएका छन् । परिणितीले मनीष मलहोत्राको डिजाइन लगाएकी छिन् ।

दुबै जनाले लण्डन स्कूल अफ इकोनोमिक्समा सँगै अध्ययन गरेका छन् । केही समयदेखि नै यी दुईबीचको अफेयर हल्लाको चलिरहेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार