असार १०, २०८१ सोमबार June 24, 2024

इमरान खानले भने, ‘मलाई १० बर्ष जेल हाल्न खोजिएको छ’

७० वर्षीय नेता सयभन्दा बढी मुद्दामा धरौटीमा छुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ । पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुले धेरै सहरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, इमरान खानले सोमबार दाबी गरेका छन् कि देशको शक्तिशाली सैन्य प्रतिष्ठानले उनलाई देशद्रोहको आरोपमा आगामी १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको छ।

पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) प्रमुखले सोमबार बिहान ट्वीटहरूको श्रृंखलामा भने, ‘म जेलमा हुँदा उनीहरूले हिंसाको बहानामा न्यायाधीश, निर्णायक र जल्लादको भूमिका निभाएका थिए। अब बुशरा बेगम (खानकी पत्नी) लाई जेलमा हाल्ने र देशद्रोहको कानुन प्रयोग गरेर मलाई आगामी १० वर्ष जेलमा राखेर अपमान गर्ने योजना हो।’

इमरान खानको लाहोरस्थित निवासमा पीटीआई नेताहरूको बैठकपछि यो ट्वीट आएको हो। ७० वर्षीय नेता सयभन्दा बढी मुद्दामा धरौटीमा छुटेका छन् । ‘मानिसहरूले प्रतिक्रिया नदेओस् भनेर सुनिश्चित गर्न, तिनीहरूले दुईवटा काम गरेका छन्  पहिलो, जानाजानी पीटीआई कार्यकर्ताहरूलाई मात्र होइन, आम नागरिकहरूलाई पनि आतंकित पार्ने र  दोस्रो, मिडियालाई पूर्ण रूपमा नियन्त्रित गरेर र दमन गरिएको छ’ उनले भने ।

इमरान खानले यी ‘अपराधी’ हरूले जसरी  ‘चादर र चार दिवारी’को पवित्रता हनन गरिरहेका जनाउँदै उनले त्यो आजसम्म कहिल्यै नभएको पनि बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
२०८१ असार ११, मंगलबार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
२०८१ असार १०, सोमबार
संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
२०८१ असार १०, सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूची हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी
२०८१ असार १०, सोमबार
काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा
२०८१ असार १०, सोमबार
धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
२०८१ असार १०, सोमबार