कार्तिक २९, २०८३ आइतबार November 15, 2026

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भउको हो ।

सो भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री दमहालले आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको बताए । उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको पनि बताए । ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु,’ प्रधानमन्त्रीले भने ।

सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि सभामुख घिमिरेले धन्यवाद दिंदै आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएको बताए । संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको उनले बताए । ‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार