कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटको कति पुग्यो ? (सूचीसहित)

यात्रुवाहक सवारीमा ३.२० प्रतिशत, पहाडी बाटोमा ४.१९ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले पेट्रोलियम पदार्थमा मुल्य समायोजन गरेसँगै सार्वजनिक यातायातको भाडादर घटेको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यातायात भाडादर घटेको जनाएको हो।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ।

सोहीअनुसार यात्रुवाहक सवारीमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटाइएको हो।

यसअघि काठमाडौँ-नेपालगन्जको भाडा १५२२ रुपैयाँ थियो। भाडा समायोजनअनुसार घटेर १४७३ रूपैयाँमा आएको छ।

समायोजनपछि काठमाडौँ-गुलरिया १५६९, काठमाडौँ-जनकपुर १०५८, काठमाडौँ-धरान १४९६, काठमाडौँ-पोखरा ६१६, काठमाडौँ-विराटनगर १४९८, काठमाडौँ-महेन्द्रनगर १९१५, काठमाडौँ-इलाम १९३८ रुपैयाँ भाडा तोकिएको छ।

कुन रुटको भाडा कति ? हेर्नुहोस्

              

 

प्रका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार