श्रावण १८, २०८३ सोमबार August 3, 2026

डन ३ बाट बाहिरिए शाहरुख खान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन् ।

फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेको छ ।

OMG! Shah Rukh Khan EXITS Don 3? Angered Fans Bash Makers For Wanting To  Reboot The Franchise With A New Hero- Read TWEETS

फरहान र एक्सनले शाहरुखको स्थानमा रणवीर सिंह वा ऋतिक रोशन कसलाई लिने भनेर छलफल गरिरहेका छन् । फिल्मबाट शाहरुख पछाडि हटेको समाचार सार्वजनिक भएपछि फिल्मका फ्यानले पनि ऋतिक अथवा रणवीर हुनुपर्ने माग गरेका छन् ।

कतिपयले रणवीरले चाहिने भन्दा बढी अभिनय गर्ने आरोप लगाएपछि रणवीरभन्दा ऋतिक उपयुक्त रहेको सुझाव दिएका छन् । फिल्मकी अभिनेत्री प्रियंका चोपडाले ऋतिक र रणवीरसँग स्क्रिन शेयर गरिसकेकाले दुई अभिनेतामध्ये कोही एकलाई फरहान र एक्सलले लिने सोच बनाइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया