श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘ए साथी सुन’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदै

‘ए साथी सुन’ सेन्सर बोर्डबाट पास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ सेन्सर बोर्डबाट पास भएको छ । मंगलबार चलचित्र सेन्सर बोर्डले पास गर्दै प्रमाणपत्र दिएको छ ।

फिल्मका निर्माता टायम कट्टेले फिल्म बिना काँटछाँट जस्ताको तस्तै पास भएको बताए । ‘ए साथी सुन’ अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । लभस्टोरी, थ्रीलर र कमेडी जानरामा निर्माण भएको फिल्ममा वर्षा र रमेशको अलवा आर्यन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायतको अभिनय छ । फिल्म रामराधव आचार्यले निर्देशन गरेका हुन् ।

निर्देशक आचार्यकै लेखन समेत रहेको फिल्ममा बीना कार्की र सन्तोषकुमार राई र टायम कट्टेल निर्माताको रुपमा रहेका छन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया