मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

कर्नाटक राज्यको मुख्यमन्त्री बन्दै ७५ वर्षीय सिद्धारमैया

नयाँ सरकारको शपथ ग्रहण समारोह २० मेमा बैंगलोरमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भारतीय कांग्रेसले बहुमत ल्याएको कर्नाटक राज्यको मुख्यमन्त्रीमा ७५ वर्षीय सिद्धार मैया निश्चित भएका छन्।

चार दिन लामो तानातानी र सोनिया गान्धीको हस्तक्षेपपछि डीके शिवकुमार उपमुख्यमन्त्री हुन तयार भएका छन्। अब सिद्धारमैया कर्नाटकका मुख्यमन्त्री र शिवकुमार उपमुख्यमन्त्री हुनेछन्। बुधबार मध्यराति सोनिया गान्धीले भिडिओ कन्फ्रेन्सिङमार्फत डीकेसँग वार्ता गरेकी थिइन्।

त्यसपछि मुख्यमन्त्रीको अडानमा रहेका डीके उपमुख्यमन्त्री बन्न तयार भएका हुन्। यसको आधिकारिक घोषणा आज कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले गर्ने भएका छन्।  शिवकुमारले बिहीबार बिहान आफू पार्टीको निर्णयका लागि राजी भएको बताएका छन्। उनले अगाडि लोकसभा चुनाव पनि आएकाले आफू पार्टीले दिएको जिम्मेवारी लिन तयार भएकव बताएका छन्।

पार्टीको हितलाई ध्यान दिँदै आफू सहमतिमा आएको उनले बताएका छन्। डीकेका भाइ र सांसद डीके सुरेशले भने आफू पूरा खुसी नभएको बताएका छन्।

कांग्रेसले आज साँझ बैंगलोरमा कांग्रेस विधायक दलको बैठक बोलाएको छ। यसमा पार्टीका केन्द्रीय नेता पनि पुग्ने भएका छन्। नयाँ सरकारको शपथ ग्रहण समारोह २० मेमा बैंगलोरमा हुनेछ। यसअघि राहुल गान्धी र खडगेको सिद्धारमैया र डीकेसँग वार्ता हुनेछ।

शिवकुमार ५०-५० को फर्मुलामा तयार भएका हुन्। पहिले अढाई वर्ष सिद्धारमैया मुख्यमन्त्री हुनेछन् त्यसपछि अढाई वर्ष डीकेले नेतृत्व लिने छन्। डीके लोकसभा चुनावपछि २०२५ मा मुख्यमन्त्री हुनेछन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार