कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुदूरपश्चिममा टुंगियो मन्त्रालय भागबण्डा

कांग्रेसले मुख्यमन्त्रीका अतिरिक्त २ मन्त्री र १ राज्यमन्त्री पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तारका लागि भागबण्डा टुंगो लागेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबीच मन्त्रीहरुको भागबण्डामा सहमति जुटेको हो। मन्त्रालयको भागबण्डा टुंगिएसँगै मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले मुख्यमन्त्रीका अतिरिक्त २ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले २ मन्त्री र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको हो। माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्टले मन्त्रालयहरुको भागबण्डाको सहमति जुटेकाले शुक्रबार नै सरकार विस्तारको तयारी भइरहेको जानकारी दिए।

माओवादी केन्द्रले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट बहादुर साउदलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै, समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको छ। कांग्रेसले भने मन्त्रीहरुको नाम टुंग्याउन सकेको छैन। नागरिक उन्मुक्ति पार्टीले यसअघि लक्ष्मणकिशोर चौधरी र रामेश्वर चौधरीलाई सरकारमा पठाउने तयारी गरेकोमा एउटा मात्रै मन्त्रालय पाएका कारण कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार