मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भेनेजुएला विरुद्ध अमेरिकी प्रतिबन्धले महिला अधिकारमाथि असर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भेनेजुएला विरुद्ध अमेरिकी प्रतिबन्धले महिला अधिकारलाई कमजोर बनाउँदै लगेको भेनेजुएलाका एक अधिकारीले संयुक्त राष्ट्रसंघको बैठकमा बिहीबार उल्लेख गर्नु भएको छ।

संयुक्त राज्य अमेरिकाको एकपक्षीय जबरजस्ती कदमहरूले “पीडित महिलाहरूको जीवन र अधिकारमा प्रत्यक्ष प्रभाव पार्छ,” भेनेजुएलाका महिला तथा लैङ्गिक समानताका लागि जनशक्ति मन्त्री दिवा गुजमानले संयुक्त राष्ट्र संघ समितिको ८५ औं सत्रलाई सम्बोधन गर्दै भन्नु भएको छ ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित महिला विरुद्धको भेदभाव उन्मूलन सम्बन्धी कार्यक्रममा उहाँले प्रतिबन्धहरूले लैङ्गिक समानतालाई प्रवर्द्धन गर्न नीतिहरू विकास गर्न र कार्यान्वयन गर्न “कठिन” बनाउँने र सार्वभौमसत्ता, आत्म-निर्णय, गैर-हस्तक्षेप, र विश्वव्यापी र अविभाज्य ग्यारेन्टी” को उल्लङ्घन गर्ने भन्दै “नव-औपनिवेशिकताको औजार” को रूपमा यो आएको भन्दै निन्दा गर्नु भएको छ ।

भेनेजुएलाका सरकारी संस्थाहरूले महिलाहरूको “सक्रिय सहभागिता” लाई “लोकतान्त्रिक मूल्यमान्यता” को प्रवर्द्धन गरेको छ, गुजम्यानले महिला विरुद्ध भेदभाव हटाउन संयुक्त राष्ट्र महासन्धिको कार्यान्वयनको अनुगमन गर्ने स्वतन्त्र विज्ञहरूबाट बनेको समिति बीच सो धारण व्यक्त गर्नु भएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार