काठमाडौं : सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् । ३६ पृष्ठको नीति तथा कार्यक्रममा सरकारले खर्च कटौतिदेखि लिएर अर्थव्यवस्था सुदृढीकरण गर्ने नीति अपनाएको छ।
सरकारको नयाँ नीति तथा कार्यक्रममा यसअघिका वर्षमा नै घोषणा गरिसकिएका तथा कार्यान्वयन हुन नसकेका कैयौं नीति र कार्यक्रम दोहोर्याइएका छन्।
अनुत्पादक र चालू प्रकृतिका सार्वजनिक खर्च कटौती गर्ने, पूँजीगत खर्च बढाउने, सार्वजनिक सेवा प्रभावकारी बनाउने, लगानी आकर्षित गरी उद्यमशीलता प्रवर्द्धन गर्ने लगायत नीति फेरि दोहोर्याइएको छ। विगत वर्षहरूमा कैयौं पटक घोषणा गरेर पनि कार्यान्वयन हुन नसकेका यस्ता नीति र कार्यक्रम आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने सुनिश्चितता भने छैन।
सरकारले जग्गाको खरीदबिक्रीमा हुने मूल्यलाई पारदर्शी र व्यवस्थित बनाउँदै नियमन गर्ने घोषणा गरेको छ। अहिले घरजग्गाको किनबेच पारदर्शी नहुँदा ठूलो मात्रामा कर छली भइरहेको छ। त्यसैगरी, लिजमा लिइएका सरकारी जग्गामा उद्देश्य अनुरुप काम भए/नभएको अनुगमन गर्ने घोषणा गरिएको छ।
हेर्नुस् पूर्ण पाठ:
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया