श्रावण १२, २०८१ शनिबार July 27, 2024

बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा

निजी सैनिक समुह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा  भएको लडाईमा २० हजार सैनिक मारिएका हुन ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो । प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन ।

पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सुचना आएकोसमेत उनले जनाएका छन् । जसकाकारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रामणको प्रतिकारका लागि पुर्ण रुपमा तयारी अवस्थामा रहनु पर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ ।

मस्कोले भने बाख्मत शहर कब्जा गर्ने प्रयाससमा आफना ६ हजार सैनिक मात्रै मारिएको दावी गरिरहेको बेला नीजि सेनाका प्रमुखले भने उसको दाबी भन्दा १४ हजार भन्दा बढी सैनिक मारिएको जनाएको हो ।

निजी सैनिक समुह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान युद्ध बिश्लेषकहरुले गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार