श्रावण १२, २०८१ शनिबार July 27, 2024

गायक आनन्द कार्कीको नयाँ गीत गोधूलि साँझैमा बजारमा (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लामो समयदेखि नेपाली गायन क्षेत्रमा विशेषगरि चलचित्र तथा आधुनिक गायनमा राज गर्न सफल गायक आनन्द कार्कीको नयाँ गीत गोधूलि साँझैमा बजारमा आएको छ ।

डन कार्कीको शव्द तथा युगेश कार्कीको प्रस्तुति रहेको गीतमा चाँद सिंहको संगीत तथा संगीत संयोजन रहेको छ । ५००० भन्दा बढी गीतमा आफ्नो स्वर दिईसकेका गायक आनन्द कार्कीका सयौँ गीतहरु हिट रहेका छन् ।

तीमध्य कतिपय गीतहरुको भिडियोमा आनन्द कार्की देखा पनि परेका छन् तर लोकलयमा आधारित डान्सिङ गीतमा पुर्ण मोडल अथवा नायकको रुपमा यो उनको पहिलो प्रयास हो ।

पहिलो प्रयासमै गायक कार्कीले आफ्नो अभिनय क्षमताका साथसाथै आफ्नो नृत्य क्षमता पनि देखाएका छन् ।

भिडियोतर्फ अभिनयमा नायिका  अनु शाहले साथ दिएकी छिन् भने छायाँकन उत्सव दाहाल, श्रृङ्गार विमला तामाङ, कोरियोगा्रफी राजकुमार दर्जी (एभरेष्ट राज), सहायक निर्देशन उषा मलाहा ‘ सिमरन ‘ र सम्पादन र निर्देशन राज कुमारको रहेको छ ।

प्रवासमा रहेर नेपाली गीत संगीतलाई माया गरि सांगितिक निरन्तरता दिईरहेका गीतकार डन कार्कीकै युट्युब च्यानल Don B Karki बाट भिडियो सार्वजनिक  भएको  छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार