श्रावण १२, २०८१ शनिबार July 27, 2024

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

जनताको आर्थिक तथा सामाजिक पक्ष कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ कार्यक्रम केन्द्रित हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोडिनुपर्ने बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहजीकरणमा बिहीबार पोखरामा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदार बीचको अन्तरक्रियामा उनले जनताको आर्थिक तथा सामाजिक पक्ष कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

प्रदेश र स्थानीय तह मिलेर जनताको रोजगारी कार्यक्रम कसरी अघि बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले अबका कार्यक्रम आर्थिक अभिवृद्धिसँगै पूर्वाधारको विकास आदितर्फ केन्द्रित हुनुपर्ने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सरोकारवाला बीचको छलफल एवं अन्तरक्रियाका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी अघि बढाइने बताए ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सम्बन्धमा जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव स्किम श्रेष्ठले यो कार्यक्रम संविधान बमोजिम सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए ।

प्रदेश र स्थानीय शासन प्रणाली र प्रक्रिया एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सहकारी सङ्घीयताका लाभ अभिवृद्धि गराउनु कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिए । प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिवृद्धि गरी नागरिक सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पङ्गेनी, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्ण देवकोटालगायतले कार्यक्रमलाई परिणाममुखी बनाउने किसिमले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार