वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

राष्ट्रपति एर्डोगानविरुद्ध ५० हजार डलर माग दाबीसहित मुद्दा दायर

क्षतिपूर्ति स्वरूप एक मिलियन लिरा (५० जकार डलर) माग गर्दै मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति रेसेप तैयप एर्डोगानका चुनावी प्रतिद्वन्द्वीले कुर्दिश लडाकुहरूसँग विपक्षीहरूलाई जोड्ने अभियानको भिडियो प्रसारण गरेको भन्दै उनीविरुद्ध ५० हजार डलरको मुद्दा दायर गरेका छन् ।

धर्म निरपेक्षता पक्षपाती विपक्षी नेता केमाल किलिचदारोग्लुका वकिल सेलाल सेलिकले बिहीबार भनेका छन्, ‘हामीले नक्कली भिडियोको जवाफ दिन यो मुद्दा दायर गरेका छौँ ।’

किलिचदारोग्लु मे १४ मा पहिलो राउण्डको चुनावी दौडमा एर्डोगानभन्दा झन्डै पाँच अङ्कले पछि परेका थिए ।

आइतबार टर्कीको राष्ट्रपति चुनावको दोस्रो चरण प्रवेश गरेको छ । किलिचदारोग्लुले यसअघि एर्दोगानविरुद्ध साङ्केतिक मुद्दा दायर गरेका थिए ।

तर यस पटक क्षतिपूर्ति स्वरूप एक मिलियन लिरा (५० जकार डलर) माग गर्दै मुद्दा दायर गरिएको हो ।

उनले एडोर्गानले बारम्बार आफ्नो जुलुसमा एक भिडियो प्रसारण गर्ने गरेका छन् । जसले किलिचदारोग्लुलाई कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का सैन्य कमाण्डरसँग अनुचितरूपमा जोड्ने प्रयास गरेको उनको दाबी छ ।

दशौँ हजारको ज्यान लिने दशक लामो विद्रोहका लागि टर्की र यसका पश्चिमी सहयोगीहरूले पीकेकेलाई आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरेका छन् ।

किलिचदारोग्लुका वकिलले एडोर्गानलाई ‘नैतिक मान्यता’ तोडेको आरोप लगाउँदै झूटो भिडियो सम्प्रेषण गरेको भन्दै ‘राष्ट्रपतिको सिटमा बसेको व्यक्ति कसरी बेइमान हुन सक्छ ?’ भनेर प्रश्न गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार