कामठमाण्डौः कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई स्वस्थ आलोचना चाहिने बताएका छन् ।
शनिबार नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीको आलोचना गर्न सकिने बताएका हुन् ।
सभापति देउवाले भने, ‘आलोचना गर्नुस् । कांग्रेसलाई आलोचना चाहिन्छ । तर स्वस्थ आलोचना गर्नुस् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।’
पछिल्लो समय सभापति देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि पार्टी र सभापति देउवाले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न सकेका छैनन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया