वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

किसान र गोठालाबीचको भिडन्तमा दश जनाको मृत्यु

मुस्लिम घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिणी चाडमा गोठाला र किसानहबीच भएको झडपमा १० जनाको मृत्यु भएको एक जना स्थानीय गभर्नरले बताएका छन् ।

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्वर सीमा क्षेत्रमा प्रायः मुस्लिम घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडप हुुनुको प्रमुख कारण खेतबारीमा लगाएको बालीमा वस्तुभाउ चराउँदा हुने गरेको छ ।

गोठालाहरूले आफ्ना गाईवस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानहरूले लगाउँने गरेका छन्भने गोठालाहरूले त्यहाँ आफ्ना वस्तुभाउ चराउनु आफ्नो परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।

हिंसाको पछिल्लो कारण गत बिहीबार एक जना १२ वर्षीय गोठालाले आफ्ना गाईवस्तुलाई किसानको बदाम खेतमा लगेपछि भएको हो । त्यस क्रममा गोठाला र किसानबीच झगडा भयो । झगडा झडपमा परिणत भएपछि ती १२ वर्षे गोठाला मारिए ।

मडोल क्षेत्रका गभर्नर अदोम फोर्टे अमाडोका अनुसार उनका आमाबाबुले बदला लिन नौ किसानको हत्या गरे । यो घटना राजधानी एनजामेनाबाट छ सय किलोमिटर दक्षिणपूर्वमा भएको हो । हत्यामा संलग्नलाई पक्राउ गरिएको छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’ योजना आयोगको महत्त्वाकांक्षी लक्ष्य, प्रधानमन्त्री प्रतिबद्ध
२०८१ वैशाख १४, शुक्रबार
केन्यामा बाढीका कारण ३८ को मृत्यु
२०८१ वैशाख १४, शुक्रबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
२०८१ वैशाख १४, शुक्रबार
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
२०८१ वैशाख १४, शुक्रबार
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
२०८१ वैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए
२०८१ वैशाख १३, बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
२०८१ वैशाख १३, बिहिबार