वैशाख १३, २०८१ बिहिबार April 25, 2024

मैले घुस नखाँदा पापीहरू बौलाउन थाले : मन्त्री किराँती

आफूले घूस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घूस नखाँदा र नखुवाउँदा पापीहरू बौलाएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री किरातीले आफूले घूस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने उल्लेख गर्नुभएको छ ।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा पाँच सयको कात्रो र पाँच फिट जमिन चाहिएला,’ मन्त्री किरातीले फेसबुकमा लेख्नुभएको छ, ‘प्रमाणित गर म एक मिनेट बस्दिन ।’

उहाँले मरेर जाँदा पाँच सयको कात्रो र पाँच फिट जमिन मात्रै चाहिने भएकाले अरुमा आफूले चासो नदिने उल्लेख गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया