वैशाख २६, २०८१ बुधबार May 8, 2024

भारतसँग ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको पीडीए गर्ने निर्णय

६७९ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रिया अघि बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लगानी बोर्डले तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले ६६९ मेगावाटको आयोजनाको पीडीए गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका क्रममा तल्लो अरुणको पीडीए हुनेछ। यो आयोजना बनाउन भारत तयार भइसकेको छ।

बैठकमा चिनियाँ कम्पनीको मातहतमा रहेको तमोर जलविद्युत आयोजनाको विषयमा समेत छलफल भएको थियो। चिनियाँ कम्पनीले तमोर आयोजना बनाउने तय भए पनि आयोजनाको काम अघि बढेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया